हमासले शनिबार तीन इजरायली बन्धक रिहा गर्दै, अझै परेन विपिनकाे नाम 


२२:४० बजे

काठमाडौं । इजरायल र प्यालेस्टिनी इस्लामी लडाकू समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौताअनुसार चौथो बन्धक–कैदी आदानप्रदान शनिबार हुने भएको छ । शनिबार रिहा गरिने इजरायली बन्धकको सूची प्राप्त भएको इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

‘इजरायलले भोलि हमासको कब्जाबाट मुक्त हुने अपेक्षा गरिएका बन्धकहरूको सूची प्राप्त गरेको छ । सूचीको पुनरावलोकन र परिवारलाई अद्यावधिक गरेपछि विस्तृत प्रतिक्रिया दिइनेछ’, प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयद्वारा शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

सीएनएनका अनुसार हमासले शनिबार गाजाबाट मुक्त गर्ने ३ पुरुषमा किथ सिगेल, यार्डेन बिबास र ओफर काल्डेरोन छन् ।  विज्ञप्तिमा अगाडि भनिएको छ, ‘सबै बन्धक परिवारलाई आईडीएफ (सैन्य) सम्पर्क अधिकारीहरूले अपहरितहरूको नामसहित अद्यावधिक गरेका छन् ।’ 

शनिबार सार्वजनिक हुने सबै जीवित इजरायली पुरूष बन्धक रहेको पनि बताइएको छ । गत जनवरी १९ देखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकुले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले २९० प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ । हमासले शनिबार छाडिने बन्धकहरूको नाम घोषणा गर्दा नेपाली विद्यार्थी विपिन जोशीको नाम छैन ।  हमासले २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा अप्रत्याशित आक्रमण गरेर नेपाली विद्यार्थी विपिन जोशीसहित २ सय ५१ जनालाई  लगेको थियो। आक्रमणका बेला १० नेपाली विद्यार्थी भने मारिएका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७