‘एक्टर : टेक वन’ प्रदर्शनको बाटो खुल्यो, दुई पक्षबीच सहमति


२०८१ माघ १७ बिहीबार ००:४८ बजे

काठमाडौं । ‘एक्टर’ र ‘एक्टर : टेक वन’ चलचित्रका निर्माताबीच नामलाई लिएर चलिरहेको विवाद मिलेको छ ।विहीबार दिउँसो आफूहरूबीच आन्तरिक सहमति जुटेको ‘एक्टर : टेक वन’ का निर्माता मोती कार्कीले जानकारी दिए।

दुबै फिल्मका निर्माताबीच लिखित समझदारी भएको छ । जसमा ‘एक्टर’ का निर्माताले अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने सहमति जुटेको उल्लेख छ । ‘हामीहरूबीच आन्तरिक सहमति भएको छ’ निर्माता कार्कीले भने । कुन बुँदामा सहमति भएको उनले खुलाएनन् । सहमतिपछि दुबै निर्माताले वक्तव्य जारी गर्दै आजैको मितिदेखि फिल्मको प्रदर्शनमा सघाउन चलचित्र विकास बोर्ड र देशभरका हललाई आग्रह गरेका छन् । ‘आजैदेखि हल खुलाउने हाम्रो प्रयास हुनेछ’ कार्कीले भने ।

सहमतिपत्रमा ‘एक्टर’का तर्फबाट नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिका सम्राट थापा, ‘एक्टर : टेक वन’ निर्माता कम्पनी अदृत फिल्म्स प्रालिको तर्फबाट थमनकुमार भण्डारी र अ मोती फिल्म्सको तर्फबाट मोती कार्कीले हस्ताक्षर गरेका छन् । सहमतिपछि ‘एक्टर : टेक वन’ रिलिज हुने बाटो खुलेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७