आलोकनगरमा नेकपा एसको सचिवालय बैठक जारी
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बसिरहेको छ । आलोकनगरस्थित केन्द्रीय कार्यालय, काठमाडौंमा सो बैठक बसिरहेको छ । बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे अध्यक्ष माधव नेपालले जानकारी गराएका छन् । एकीकृत समाजवादीले हालै गरेको नेताहरूको कार्यविभाजनमा केही नेताहरू असन्तुष्टि जनाएका छन् ।
यस्तै, बैठकले यही महिनाको अन्तिममा बस्ने स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकलगायतको विषयमा पनि छलफल हुने जनाइएको छ । पार्टीले स्थायी कमिटी बैठक माघ २८, पोलिटब्युरो बैठक माघ २९ र केन्द्रीय कमिटी बैठक माघ ३० देखि फागुन २ गतेसम्म बस्नेगरी बोलाएको महासचिव घनश्याम भुसालले जानकारी दिए ।