चिनियाँ एआइबारे प्रधानमन्त्रीले भने–ब्रुसली जस्तो आयो, विश्वभर तहल्का मच्चायो

‘आईटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्यो’


२०८१ माघ १७ बिहीबार ००:४३ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताएका छन्।आज (बिहीबार) नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक कुरामा महत्वपूर्ण र अभिन्न अंग बनिसकेको  उल्लेख गरे ।

उनले नेपालले तिव्रताका साथ विकासका कामहरूअघि बढाइरहेको उल्लेख गर्दै आईटी क्षेत्र पनि उल्लेख्य रुपमा अघि बढिरहेको दाबी गरे । उनले केही समयको असहज राजनीतिक अस्थिरताका कारण विकास निर्माणका कामहरू रोकिएको भए पनि अहिले विकास निर्माणका कामले गति पाएको भनेका छन् । 

उनले भने, ‘अब आईटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ । नेपाल अगाडि बढ्दैछ । अझ तिव्रताका साथ अगाडि बढ्न चाहिरहेको छ ।’ देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यातमा अस्थिर राजनीतिले समस्या उब्जाएको उनको भनाई थियो । 

प्रतिकूल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समायानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन सरकारले काम गरिरहेको भन्दै उनले भने, ‘यस बीचको केही अन्तरालको बहुत्तै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ । त्यस प्रतिकुल असरबाट फेरि अर्थतन्त्रलाई, समाजलाई समायानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन र अर्को वर्षबाट हामी २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पुर्‍याउन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले आईटी क्षेत्रलाई निर्यात व्यापारको रुपमा अघि बढाउन सकिने हिसाबले सरकारले अघि बढेको जानकारी दिएका छन् । पूर्वाधार बिना देशको विकास हुन नसक्ने कुरा पनि उनले स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले नयाँ चिनियाँ एआई च्याटबट डीपसीकले विश्वभर तहल्का मच्चाएको टिप्पणी गरेका छन् । 

हङकङका मार्सल खेलाडी ब्रुस ली जस्तै सबैलाई ढालीहाल्ने तरिकाले आएको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘अहिले जुन एआई आएको छ । च्याटजीपीटी, अरु इत्यादी एआईलाई निकै संकटग्रस्त बनाएको छ,’ उनको भनाइ छ, ‘किनभने त्यो धेरै गुणा महँगो, यो धेरै गुणा सस्तो । कमसेकम १५ गुणा सस्तो भएको हुनाले यसले बजार लिने सम्भावना देखिन्छ।’ ओलीले अगाडि भने, ‘यो ब्रुस ली जस्तो आयो क्या । ज्यान स्यानो छ, झट्याङझुटुङ हानिहाल्छ, ढालीहाल्छ खालको ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७