टाटा ‘न्यु ह्विल्स, न्यु डिल्स’ को हरेक बुकिङमा आकर्षक उपहार


००:३२ बजे

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले २६ पुसदेखि २८ पुससम्म  ‘न्यु ह्विल्स, न्यु डिल्स’ कार्यक्रम आयोजना गर्ने भएको छ । यस अवधिमा टाटाको टियागो ईभी र पन्च ईभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्रान्डका पुराना गाडीसँग आकर्षक डिल्समा टियागो ईभी र पन्च ईभी साट्न सकिने छ ।

आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहरुले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्ने छन् । ‘न्यु ह्विल्स, न्यु डिल्स’ टाटा मोटर्सको देशभरिका शोरुमहरूमा आयोजना हुन कम्पनीले जनाएको छ । सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने जनाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७