बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु


२०८१ माघ १७ बिहीबार २३:११ बजे

ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिकाको भँडारे खोलामा बिरामी बोकेको सुमो  दुर्घटना हुँदा एकै परिवारका तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । खोटाङबाट बिरामी लिएर काठमाडौं जाँदै गरेको सुमो बिहीबार बिहान ६ः३० बजेको समयमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । 

दुर्घटनामा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र उनकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।

ना १ ज ६४२१ नम्बरको सुमो खोटाङ जिल्लाको केपीलासगढी गाउँपालिकाबाट उपचारको लागि बिरामी लिएर काठमाडौं जाँदा दुर्घटना भएको हो । राति नै दुर्घटना भएको हुन सक्ने स्थानीयले जनाएका छन् । बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटना भएको अवस्थामा स्थानीयले भेटेर प्रहरीलाई जानकारी दिएका  थिए । चालक सुनसरी जिल्लाको इनरुवा निवासी वर्ष २२ का अनिल पण्डित फरार छन् ।

बिरामी माया गुरुङलाई उपचारका लागि छोरा र बहिनीले काठमाडौं लिएर हिँडेका थिए । दुर्घटनाबाट तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ । सुमोमा चालकसहित ४ जना मात्रै सवार थिए । घटनाको बारेमा थप विवरण आउन बाँकी छ । थप खोजी  र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७