वडाकेन्द्रित अभियानमा ११ काम गर्न महासचिव पोखरेलको सुझाव


२०८१ माघ १४ सोमबार ०६:२९ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले तीन महिने वडाकेन्द्रित अभियानमा ११ काम गर्न पार्टीका नेता–कार्यकर्तालाई सुझाव दिएका छन् ।

केन्द्रीय योजनाअनुरूप ११ काम गर्न उनले नेता–कार्यकर्ताहरूलाई सुझाव दिएका हुन् ।  उनले आज (सोमबार) साँझ फेसबुकमा लेखेका छन्, ‘केन्द्रीय योजनाअनुरूप यी कामहरू गरौं ।’

१. सदस्यता नवीकरण र विस्तार कुल मतदाताको ६ प्रतिशत पुर्‍याउने ।
२. टोल तहसम्म पार्टी कमिटीको अधिवेशन सम्पन्न गर्ने र कम्तिमा एकतिहाइ युवालाई आधारभूत तहका पार्टी कमिटीमा समावेश गर्ने। पार्टीमा सक्षम युवा नेतृत्व विकासको आधारशिला तयार गर्ने ।
३. पार्टीसम्वद्ध सबै जनसंगठनको सदस्यता व्यापक रूपमा विस्तार गर्ने र  सबै जनसंगठनलाई आ–आफ्नो वर्ग र समुदायको नेताका रूपमा स्थापित गर्ने ।
४. सोसल मिडियामा नियोजित रूपमा सम्प्रेसित मिथ्या सूचना र भ्रमलाई चिर्दै पार्टीको सकारात्मक योगदान र भूमिकालाई स्थापित गर्ने । सबै तहका कमिटीहरू र जनप्रतिनिधिहरूले आ–आफ्नो तहको प्रचार डेस्क स्थापना गरी प्रचारात्मक काम अघि बढाउने ।
५. निर्णायक राष्ट्रिय शक्ति निर्माणको उद्देश्यअनुरूप अघि बढाइएको वार्षिक कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने ।
६. पार्टीको नेतृत्व र सहभागिताका तीनै तहका सरकार र जनप्रतिनिधिले गरेका सकारात्मक र नमुनायोग्य कामलाई उजागर गर्ने ।
७. जनतासँग प्रत्यक्ष संवाद गर्नेगरी सबैका घर–घरमा पुग्ने । स्थानीय चासो र जनसरोकारका विषय पहिचान गर्ने। आ–आफ्नो ठाउँको विकास र समृद्धिको योजना तयार गर्ने ।

८. मिसन–०८४ मा पार्टीको एकल बहुमत प्राप्त हुनेगरी निर्वाचन क्षेत्र केन्द्रित राजनीतिक ध्रुवीकरणको अभियान चलाउने। घर फर्क र पार्टी प्रवेश अभियानमा जोड दिने ।
 ९. पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिमा आधारित रहेर स्कुलिङको काम अघि बढाउने। पार्टी नीति र कार्यक्रमका आधारमा पार्टीको पक्षमा व्यापक जनमत निर्माण गर्ने ।
१०. समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न नेकपा एमालेको नेतृत्व अपरिहार्य रहेको सन्देस प्रवाह गर्ने।
११. अभियानको समाप्तिसँगगै अभियानको उपलब्धि र कमी कमजोरीको समीक्षा गर्ने र त्यसको अनुभवको जगमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कामलाई अघि बढाउने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७