रास्वपा सचिवालय बैठक बस्दै, के–के छन् एजेण्डा ?


२०८१ माघ १४ सोमबार २१:३२ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज (सोमबार) बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय बनस्थलीमा बस्न लागेको हो । बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधिका विषयमा छलफल हुनेछ ।

विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ (संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरू प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) माथि छलफल हुने बताइएको छ ।

सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता, संसद् अधिवेशन, सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयनलगायत विषय छलफलका एजेण्डा रहेका छन् । हिजो मात्र पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन मुद्दामा जिल्ला अदालत रुपन्देहीमा एक करोड धरौटी बुझाएर छुटेका छन्। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७