अध्यादेशबारे कांग्रेस : आर्थिक गतिविधि चलायमान बनाउन ल्याइएको हो

अध्यादेशबारे संसद र बाहिर फरक मत नराख्न निर्देशन


२०८१ माघ १२ शनिबार १७:३८ बजे

काठमाडौं  । सत्ता साझेदार नेपाली कांग्रेसले आर्थिक गतिविधिलाई चलायमान बनाउन अध्यादेशमार्फत कानुन संशोधन गरेको स्पष्ट पारेको छ । सिंहदरबारमा आज (शनिबार) बसेको कांग्रेस शीर्ष नेता, पदाधिकारी, पूर्व पदाधिकारी, मन्त्री सम्मिलित बैठक पश्चात प्रमुख सचेतक श्याम घिमिरेले अध्यादेशमार्फत कानुन संशोधन गर्न छिटो गर्न अध्यादेश ल्याइएको बताएका हुन् । कांग्रेसले हालै सरकारले ल्याएका अध्यादेशहरुमा आफ्ना फरक मत वा असहमति भए पनि संसदमा त्यसलाई व्यक्त गर्न नपाइने निर्णय गरेको छ ।

उनले भने, ‘आर्थिक गतिविधिलाई चलायमान बनाउन अध्यादेशमार्फत कानुन संशोधन भएको हो । सरकारले ल्याएको अध्यादेश संसदमा तत्कालै प्रस्तुत हुन्छ ।’ उनका अनुसार संसदीय दलको बैठक अगाडि बैठकमा सरकारको कामबारे मन्त्रीहरुले ब्रिफिङ बता ए। प्रमुख सचेतक घिमिरेले संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ । भोलि र पर्सी बस्ने संसदीय दलको बैठकमा छलफल हुने बताए । एमाले र कांग्रेसको कार्यदलले संसदमा पेश हुने विधेयकहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउने बताए ।

संसदको हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित हुनेछ । बैठकमा सभापति शेरबहादुर देउवाले केही कुरा भए अहिले नै भन्न तर संसद र बाहिर गएर फरक मत नराख्न निर्देशन दिएको घिमिरेको भनाइ छ । देउवाको भनाइ उद्धगृद गर्दै उनले भने, ‘केही कुरा छन् भने यहीभित्र कुरा राखौं, नेपाली कांग्रेस एक भएर संसद् अधिवेशनमा प्रस्तुत हुने र बाहिर पनि एक भएर प्रस्तुत हुने भन्ने नै सभापति ज्यूको निर्देशन हो ।’ 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७