संघीय निजामती विधेयकको प्रस्तावनामै संशोधन


२०८१ माघ १० बिहीबार २०:२८ बजे

काठमाडौं । संघीय निजामती विधेयकमा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा दफावार छलफल सुरु भएको छ । राज्यव्यवस्था समितिको बिहीबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल थाल्दै प्रस्तावनासहित तीन दफामा सहमति जुटेको हो ।

समिति सभापति रामहरि खतिवडाका अनुसार विधेयकको प्रस्तावनासहित तीन वटा दफामा सहमति जुटेको हो ।विधेयकको प्रस्तावनामा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, व्यावसायिक, पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र समावेशी बनाउँदै सुशासनयुक्त संयन्त्रको विकास गर्न वाञ्छनीय भएकाले भन्ने कुरा राखिएको छ ।

सरकारले विधेयकमा प्रस्ताव गरेको प्रस्तावनामा समितिले संशोधन गरेको हो । प्रस्तावित प्रस्तावनामा भनिएको थियो, ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्र हित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले, संघीय संसद्ले यो ऐन बनाएको छ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७