सरकार दिन गनेर बस्दैन, काम गरेर देखाउँछ : अर्थमन्त्री पौडेल


२०८१ माघ १० बिहीबार २०:२३ बजे

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार दिन गनेर नबस्ने बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले सरकार जनतालाई आशा जगाउन केन्द्रित भएको बताए ।

अर्थमन्त्री पौडेलले भने, ‘अर्थतन्त्रमा देखिएको समस्याहरू समाधान गर्दै जानेछ । सरकार दिन गनेर बस्दैन, काम गर्नेछ। निराशालाई आशामा बदल्ने छ । देश छोडेर जाने वातावरण हटाउन खोजिरका छौं ।’ अर्थतन्त्र दबाबमा रहेको बताउँदै पौडेलले दबाबलाई चिर्दै अगाडि बढिरहेको बताए ।

संकट र चुनौतीहरूलाई पार गर्दै बैंक यहाँसम्म आइपुगेको उनले बताए । आगामी दिनमा सेवाको हिसाबले अरु बैंकहरूलाई उछिन्न समेत अर्थमन्त्री पौडेलले निर्देशन समेत दिए । बैंकको उन्नति र प्रगतिका लागि साझा उद्देश्य राख्न समेत उनले आग्रह गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७