कम्युनिष्ट नेताले मुलुकको नेतृत्व गरे पनि जनता सन्तुष्ट छैनन् : अध्यक्ष नेपाल


२०८१ माघ १ मंगलबार ०६:४८ बजे
फाइल फोटो

 काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको नेतृत्व कम्युनिष्ट पार्टीका नेताले गरे पनि जनता सन्तुष्ट नभएको दाबी गरेका छन् ।

आज (मंगलबार) पिस्कर स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले नेपालको राजनीतिमा पछिल्लो समय धेरै विकृति विसंगति आएको बताए । उनले कम्युनिष्ट पार्टी र नेताले मुलुक चलाउने जिम्मेवारी पाए पनि जनतालाई सन्तुष्टि दिन नसकेको उल्लेख गरे । उनले मुलुकको नेतृत्व गर्ने नेतृत्व कम्युनिष्ट नेता भएर मात्रै पनि कम्युनिष्ट आन्दोलन माथि नउठ्ने बताए । उनले नेपालमा पनि कम्युनिष्ट पार्टीका नेताले राज्य सञ्चालन गरे पनि राम्रो काम गर्न नसकेको आरोप लगाए ।

उनले विश्वका उदाहरण हेर्दा पनि कम्युनिष्ट पार्टीका नेताहरूले नै कम्युनिष्ट पार्टीलाई सिध्याएको इतिहास रहेको बताए । अध्यक्ष नेपालले कम्युनिष्टको नाममा गैरकम्युनिष्ट काम कसैले गर्न नहुने धारणा राखे। उनले कम्युनिष्ट भएपछि कम्युनिष्टको नाम र मर्यादा राख्दै विगतको त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्न सक्नुपर्ने उल्लेख गरे । उनले कम्युनिष्ट नेताले एकपटक मात्रै कीर्तिमान कायम गरेर नहुने बताए। उनले कम्युनिष्ट पार्टीका नेताले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनका लागि लगाउन आवश्यक रहेको बताए ।

नेता नेपालले भने, ‘नेपालमा न्यायको पक्षमा आवाज उठाउने कम्युनिष्ट पार्टीहरू पनि छन् । अहिलेको राजनीतिमा धेरै विकृति विसंगति आएका छन् । मुलुक कम्युनिष्ट पार्टीका मान्छेले चलाएका छन् तर जनता सन्तुष्ट छैनन् । कम्युनिष्ट भएर मात्रै पनि हुँदैन । त्याग, तपस्या र बलिदानको कीर्तिमान कायम राख्नु पर्छ ।’ उनले जनताको सेवा, मानव कल्याण र समाज परिवर्तनका लागि काम गर्ने भावना सम्प्रेषण गरी युवाहरूलाई असल बाटोमा लैजानसके मात्रै पिस्करका शहीदको सपना पूरा हुने उल्लेख गरे । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७