कृषि अनुदान दुरुपयोग गर्नेलाई कारवाही हुन्छ : मन्त्री अधिकारी


२०८१ माघ १ मंगलबार ०४:२७ बजे

बागलुङ । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानका समस्या समाधान हुनेगरी आफूले काम गरिरहेको बताएका छन् । बागलुङ नगरपालिकामा आज आयोजित कार्यक्रममा उनले वास्तविक किसान पहिचान गरेर मात्र अनुदान  दिनुपर्ने बताए ।

कृषि क्षेत्रमा अनुदान धेरै बाँडिएको भए पनि वास्तविक किसानका समस्या अझै समाधान नभएकामा मन्त्री अधिकारीले चिन्ता व्यक्त गरे । मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन आफूले प्रयास गरिरहेको भन्दै उनले उत्पादनका आधारमा किसानलाई अनुदान दिइने बताए । कृषि अनुदान दुरुपयोग गर्नेलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

साथै मन्त्री अधिकारीले कृषिको विकासका लागि लगानी वृद्धि गर्न जरुरी भएको बताए । गरिबीबाट मुक्ति पाउन पनि प्रत्येक परिवार कम्तीमा कृषिमा आत्मनिर्भर हुन जरुरी रहेको उनले बताए । देशलाई गरिबीबाट मुक्त गर्न पनि कृषिकर्मलाई पहिलो प्राथमिकतमा राख्नु पर्नेमा मन्त्री अधिकारीले जोड दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७