‘लोकतन्त्रको बिगुल फुकेका सञ्चार संस्था सत्ता र व्यक्तिको चाकडी गर्न थाले’


२०८१ माघ १ मंगलबार ०४:२५ बजे

काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाहरूलाई नियम र कानुनअनुसार सञ्चालन गर्न नसक्दा सत्ता र व्यक्ति विशेषको चाकडी गर्दै विकास हुन लागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् ।लोकतन्त्रको विगुल फुकेका सार्वजनिक सेवा प्रसारण संस्थाहरू संस्थागत रूपमा भन्दा पनि व्यक्ति र सत्ताको इसारामा चल्न लागेको बताएका हुन् । 

सार्वजनिक सेवा प्रसारण (पीएसबी) को मंगलबार पूर्वारम्भ कार्यक्रममा मन्त्री गुरुङले कानुनी जटिलताका कारण संस्थाको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रूपमा विकास भएको बताए। रेडियो नेपालले लगातार ३० वर्षसम्म पञ्चायती व्यवस्थाको ताबेदारी गरेको आरोप पनि उनले लगाएका थिए । जनतामाझ सही सूचना संप्रेषण गर्न नसक्दा रेडियो नेपालमाथि मिथ्या सूचना संप्रेषण गर्ने गरेको आरोप लाग्दै आएको उनको भनाइ थियो ।

‘लोकतन्त्रको विगुल फुक्ने काम सार्वजनिक प्रसारण संस्थाहरूले गरेको हो तर पछिल्लो समय सार्वजनिक सेवा प्रसारण संस्था यसको सिद्धान्तअनुसार चलाउन नसक्दा सत्ता र निश्चित व्यक्तिको चाकडी गर्ने संस्थाका रूपमा विकसित भए,’ मन्त्री गुरुङले भने, ‘राम्रो काम गरेको रेडियो नेपालपछि ३० वर्ष पञ्चायतको ताबेदारी गर्ने, पञ्चहरूको चाकडी गर्ने संस्थाका रूपमा विकास भयो । जनतालाई सही सूचना संप्रेषण गर्नुपर्नेमा त्यस्तो काम भएन । मिथ्या र झूट समाचार प्रसारण गर्‍यो भनेर अर्को पक्षले आरोप लगाएको स्थिति हो ।’

मुलुकमा बहुदल आएपछि रेडियो नेपाललगायत सरकारी संचार संस्थाहरूलाई सुधारको प्रयास भएको मन्त्री गुरुङको भनाइ थियो । ‘धेरै उतारचढावको बीचमा हामीले दोस्रो जनआन्दोलनमा आइपुग्दाखेरि रेडियो नेपाल तथा नेपाल टेटिलभिजन जस्ता सार्वजनिक प्रशारण संस्थानलाई योजनाअनुसार चलाउने भनेर सुझाव समिति तथा कार्यदल बने । कार्यदल तथा सुझाव समितिले सरकारलाई सुझाव पनि दियो । त्यसपछि कहिले संविधान निर्माण गर्ने क्रममा, कहिले नाकाबन्दीको सामना तथा भूकम्पको मारमा परेको हुनाले सही दिशा लिन नसकेको स्थिति थियो,’ मन्त्री गुरुङले भने ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७