काठमाडौंमा मधेश केन्द्रित दलहरूको बैठक : उपेन्द्रको पार्टी अनुपस्थित


२०८१ माघ १ मंगलबार ०४:३१ बजे

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूले मधेशी मोर्चा गठनको कसरत थालेका छन् । काठमाडौंको धुम्बाराहीको समर्पण एकेडेमीमा जारी बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलदेखि संसद बाहिर रहेका तराई–मधेस केन्द्रित दल सहभागी छन् ।

तर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल बैठकमा सहभागी बनेको छैन । मधेश केन्द्रित राजनीतिक दलहरुको कार्यदलस्तरीय बैठकले मोर्चा निर्माणको खाका, उद्देश्य निर्धारण गर्ने र साझा एजेण्डा तयबारे छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

बैठकमा  जनता प्रगतिशील पार्टी, नेपालका अध्यक्ष हृदयश त्रिपाठी,जनता प्रगतिशील पार्टीको तर्फबाट कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष डा.शिवजी यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता केशव झा, जसपाका कार्यदल सदस्य एवं उपाध्यक्ष रेणु यादव, जनता प्रगतिशील पार्टीका ईश्वर दयाल मिश्र, जनमत पार्टीका कार्यदलका सदस्य एवं पार्टीका प्रवक्ता डा. शरदसिंह यादव, जनता प्रगतिशील पार्टीका डा. भरत थापा, जनता प्रगतिशील पार्टीका मोहम्मद साबिर हुसैन, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिल महासेठ, तराई मधेश लोकतान्त्रिक पार्टीका बृज किशोर सिंह (वृषेशचन्द लाल), लोसपा नेपालका मनिष मिश्र, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतका नेताहरु सहभागी छन् । 

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेले संविधान संशोधन गर्ने र थ्रेसहोल्ड बढाउने चर्चाका बीच मधेस केन्द्रित दलहरू एकीकृत हुन थालेका छन् । उनीहरुले मधेशी मोर्चा गठन गरेर आगामी कार्यदिशा निर्धारण गर्ने बताएका छन् । बैठकमा जसपा नेपाल भने अनुपस्थित रहेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७