राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन


२०८१ पौष २९ सोमबार २३:०९ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन्। उनलाई  प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे । 

त्यसअवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले रू पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ दशमलव ०४ प्रतिशत भएको जानकारी दिए ।

संसद्को वर्षे अधिवेशन नयाँ भवनमा गर्नेगरी काम भइरहेको उनले बताए । भवनको आन्तरिक साजसज्जाका लागि रु दुई अर्ब ३४ करोड ५४ लाखमा सम्झौता भएको छ । हालसम्म भवनको २५ प्रतिशत सजावट भएको छ । भवनमा  एक हजार तीन सय ५१ वटा कोठा छन् जहाँ सङ्घीय संसद्का दुवै सदनका बैठक हुनेछन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७