अपडेट : चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालसम्म धक्का
काठमाडौँ । चीन केन्द्रबिन्दु भएर ५.१ फेरि म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले सोमबार ६ः४३ बजे चीनको तिब्बत केन्द्रबिन्दु भएर भूकम्प गएको जनाएको हो ।
उक्त भूकम्पको धक्का चीनसहित बंगलादेश, नेपाल र भारतमा समेत महससु गरिएको छ । यसअघि पुस २३ गते चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का नेपालमा पनि महसुस भएको थियो । उक्त भूकम्पबाट नेपालमा १३ जना घाइते भएका थिए ।