नेपाल प्रहरीका एआइजी र डीआइजीको बढुवासँगै पदस्थापन
काठमाडौं । नेपाल प्रहरीका एआइजी र डीआइजीको बढुवासँगै पदस्थापन भएको छ । बढुवा भएकाहरूले आज (सोमबार) प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरबाट दज्र्यानी चिह्न पाएका छन् । एआइजीमा बढुवा भएका कुवेर कडायतको कार्य विभाग तथा रवीन्द्र केसीको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ ।
त्यस्तै डीआइजीमा बढुवा भएका ईश्वर कार्कीको अन्वेषण योजना तथा विकास निर्देशनालय, राजेन्द्रप्रसाद भट्टको कार्य विभाग, दिनेश आचार्यको प्रहरी महानिरीक्षकको सचिवालय, अरुण पौडेलको अपराध अनुसन्धान विभाग र गोविन्द थपलियाको प्रदेश समन्वय विभागमा पदस्थापन भएको छ ।
दज्र्यानी चिह्न सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुसीभन्दा माथि राख्दै पदीय जिम्मेवारी र जवाफदेहिता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिए । संगठनको विकास र सुदृढीकरणका लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेसागत निष्ठा, व्यावसायिकता, इमानदारीर धैर्यलाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहनुपर्नेमा उनको जोड छ ।