रवि पक्षको आज भएन बहस, अब कहिले ?

रविका वकिलले भने, ‘हिजोको जस्तो आदेश हुनु भएन श्रीमान’


२०८१ पौष २९ सोमबार २२:४३ बजे

काठमाडौं । काठमाडौँ जिल्ला अदालतमा आज (सोमबार) पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति रवि लामिछानेको थुनछेक बहस सुरु भएन । बहस नभएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । काठमाडौं जिल्ला अदालतमा आज पीडित र सरकारी वकिलको बहस सकिएको छ । अब पर्सी मात्रै बहस हुने भएको छ ।

भोलि मंगलबार माघे संक्रान्तिको सार्वजनिक बिदा भएकाले पर्सि मात्र बहस हुने भएको हो।यसैबीच रवि पक्षका वकिलले आज बहस नभएपछि हिजोको जस्तो आदेश गर्न नहुने माग गरेका छन् । वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले बहस लम्बिए पनि हिजोको जस्तो आदेश हुन नहुने माग गरेका हुन् । उनले भने ‘बहस जति लम्बिए पनि लम्बयोस्, आपत्ति भएन तर हिजोको जस्तो आदेश गर्न भएन श्रीमान ।’

उनले कानूनी प्रक्रियामै गडबडी गरिएको बताएका छन् । उनले भने, ‘कास्कीको आदेशपछि प्रहरीले पक्रेर काठमाडौँ प्रहरीलाई बुझाउनु पर्ने थियो । यहाँ कानुनी प्रक्रियामै गडबडी गरिएको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएका व्यक्तिलाई आफै उपस्थित हुने छुट दिनु नै गलत थियो ।’ न्यायाधीश माधव अधिकारीको इजलासमा बहस जारी छ । अब केहीबेरमै रविलाई पुनः न्यायिक हिरासतमा पठाउने वा परिवारको जिम्मा लगाउने भन्नेबारे न्यायाधीशको आदेश आउनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७