सचिवहरूको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)


२०८१ पौष २८ आइतबार ०५:४६ बजे

काठमाडौं । सरकारले केही सचिवहरूको सरुवा गरेको छ । मन्त्रिपरिषदको पुस २६ गतेको निर्णयअनुसार विनोद सिंहलाई पर्यटन मन्त्रालय, कृष्णहरि पुस्करलाई श्रम रोजगार तथा सामाजिक मन्त्रालय, लक्ष्मी बस्नेतलाई महिला तथा बालबालिका मन्त्रालय, रविलाल पन्थलाई संघीय मामिला मन्त्रालय र भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा सरुवा गरिएको छ । 

गणेश पाण्डेलाई महालेखा नियन्त्रण कार्यालय, दिनेश भट्टराईलाई उपराष्ट्रपति कार्यालय, हरि लम्साललाई युवा तथा खेलकुद मन्त्रालय र सुमन लाल अर्याल र चूडामणि शर्मा पौडेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । 

त्यस्तै मुकुन्दप्रसाद निरौलालाई सार्वजनिक खरिद अनुगमन कार्यालय, महादेश पन्थलाई बागमती प्रदेश सचिव, मदन भुजेललाई कामु मधेश प्रदेश र बाबुराम अधिकारीलाई कामु लुम्बिनी प्रदेश सचिवमा सरुवा गरिएको छ । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७