यू–१९ विश्वकप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ


२०८१ पौष २६ शुक्रबार १९:०७ बजे

काठमाडौं । यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।  आज (बिहीबार) बिहान काठमाडौंको लाजिम्पाटस्थित दुषित प्रिन्ससमा आयोजित कार्यक्रममा खेलाडीहरूको विदाइ गरिएको हो ।

नेपाली महिला टोली माघ ५ गतेदेखि सुरू हुने विश्वकप खेल्न भोलि मलेसिया प्रस्थान गर्नेछन् । नेपाली टोलीको कप्तानी पूजा महतोले गर्दैछिन् भने उपाकप्तानमा सोनी पाख्रिन छिन् । विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । समूहमा नेपालसँगै अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्ड छन् । विश्वकपमा चार समूहका १६ टोली समूह चरणमा भिड्ने छन् । समूहका शीर्ष दुई टोली अन्तिम आठमा पुग्ने छन् ।

नेपालले पहिलो खेल बंगलादेशसँग माघ ५ गते खेल्नेछ । सो खेल मलेसियाको बांगीमा हुनेछ । दोस्रो खेल माघ ७ गते स्कटल्यान्ड र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियाविरूद्ध हुनेछ । नेपाली टोलीमा पूजा महतो (कप्तान), सोनी पाख्रिन (उपकप्तान), सना प्रवीण, ज्योत्स्निका मरासिनी, कुसुम गोदार, अलिशाकुमारी यादव, सावित्री धामी, तिर्सना विक, किरण कुँवर, रिया शर्मा,  रचना चौधरी, सीमाना केसी, स्नेहा महरा, अनु कडायत, कृश्मा गुरुङ छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७