दुम्कीबासमा भाँचियो पुल, पूर्व–पश्चिम राजमार्ग ठप्प  


२०८१ पौष २६ शुक्रबार २२:३८ बजे

नवलपरासी । पूर्व–पश्चिम  राजमार्गअन्तर्गत पर्ने दुम्कीबासको पुल भाँचिएको छ ।  पुल भाँचिएपछि अहिले यातायात ठप्प भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार अत्यधिक भारसहितको भारतीय मालवाहक लरीका कारण पुल भाँचिएको हो । 

अधिक भार बोकेको लरीका कारण शुक्रबार साँझ साढे ५ बजेतिर दुम्कीबासदेखि केही पूर्वमा रहेको विनयी खोला पुलमा भाँचिएको हो । इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक राजन तिमिल्सिनाका अनुसार जीर्ण पुलमा अत्यधिक तौल बोकेको लरी गुड्दा पुल नै लच्किएको हो । डाइभर्सन सडक नबनाएसम्म यातायात नखुल्ने भएको छ ।

वैकल्पिक सडक निर्माण नगरेसम्म राजमार्ग हुँदै पूर्व–पश्चिम हिँड्ने गाडी दाउन्ने र अरुणखोलामा प्रहरीले रोकेको छ ।
अहिले एकै ठाउँमा गाडीको चाप धेरै नहोस् भनेर अरुणखोला र बर्दघाटमा पूर्व–पश्चिम हिँडेका गाडी रोकिएको प्रहरीले जनाएको छ । पूर्वी नवलपरासीमा रहेकामध्ये विनयी खोला पुल सबैभन्दा लामो हो । पुलमा फसेको लरी निकाल्न समेत समस्या भएको प्रहरीको भनाइ छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७