आज पनि रास्वपा केन्द्रीय समिति बैठक 


०६:२१ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज (आइतबार) पनि जारी रहनेछ । हिजोदेखि काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । जारी बैठकले मुख्यतयाः सभापति रवि लामिछानेमाथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख एजेण्डा बनाइएको छ ।

कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रीत भएर छलफल भइरहेको छ । रास्वपा केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ गरेका छन् ।

शनिबार बसेको बैठक समसामयिक राजनीतिक विषय र स्थानीय तह उपनिर्वाचनमा भएका कमी कमजोरीहरुसहति आत्मालोचना र आत्मसमीक्षा गर्ने काम भएको रास्वपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभापति राजन गौतमले जानकारी दिए । उनले भने, ‘आजको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा बृहत छलफल गरेका छौं । विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ दिने काम भयो, मंसिर १६ मा सम्पन्न स्थानीय तह उपनिर्वाचनमा भएका हाम्रा कमी कमजोरीहरुसहित आत्मालोचना र आत्मसमीक्षासहित अगामी दिनमा पार्टीलाई कसरी बलियो बनाउने र जनतामाझ कसरी जाने भन्ने विषयमा छलफल भयो ।’

बैठकले पुस १८ गते दिवंगत नेपालकी प्रथम महिला राजदूत विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ । बैठकमा पार्टी कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपसभापति डा.स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउँदै पार्टीका गतिविधिका बारेमा बिफ्रिङ गरेका थिए । बैठकले पार्टीको संगठन निर्माण अभियानलाई सक्रिय रूपमा सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । बैठकमा अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन गर्ने छलफल भएको रास्वपाले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७