आईएमईबाट रकम पठाउँदा विजेता बनेकी रोकायाले पाइन् एक करोड


२०८१ पौष १३ शनिबार ०४:११ बजे

काठमाडौं । विदेशमा कमाएको रकम आईएमई गर्दा एक करोड रुपैयाँ जितेकी प्रमिला रोकायालाई आईएमई ग्रुपले चेक हस्तान्तरण गरेको छ । जापानको क्योदाइबाट आईएमई रेमिटमार्फत रकम पठाएकी प्रमिलालाई एक करोड रुपैयाँको चेक हस्तान्तरण गरिएको हो ।

कैलालीको गोदावरी नगरपालिका–९ स्थित बल्मी टोलकी रोकायालाई शनिबार कैलाली पुगेर ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक हस्तान्तरण गरेका हुन् । चेक बुझेपछि प्रमिलाले आईएमईमार्फत रकम पठाउँदा प्राप्त भएको रकमबाट बुवा आमाका लागि घर बनाइदिने योजना बनाएको बताइन् ।

गत असोजमा आईएमईका ब्रान्ड एम्बेस्डर दीपाश्री निरौलाले काठमाडौंमा सार्वजनिक लक्की ड्र मार्फत सेवाग्राहीको नम्बर छनोट गर्दा प्रमिला रोकाया करोडपति क्याम्पेनको भाग्यशाली विजेता बन्न सफल बनेकी थिइन् । आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम–रेमिटेन्समार्फत रकम पठाउन थप प्रोत्साहन गर्ने उद्देश्यले गत वर्ष सञ्चालन गरेको ‘आईएमई गरौं, करोडपति बनौं’ योजना अन्तर्गत भाग्यशाली सेवाग्राहीको छनोट गरिएको थियो ।

आईएमईले एक वर्ष अघि विदेशमा कमाएको रकम औपचारिक माध्यम–आईएमई गरी रकम पठाउने सेवाग्राहीमध्ये एक जनाले १ करोड रुपैयाँ नगद जित्ने अफर सार्वजनिक गरेको थियो । सँगसँगै प्रत्येक महिना एक जनाले १ लाख नगद रुपैयाँ प्राप्त गरेका थिए । आईएमई गरी आईएमई पे वालेट, बैंक खातामा जम्मा गर्ने तथा आईएमई काउन्टरमा  रकम पठाउने सेवाग्राही यो योजनामा सहभागी थिए । आईएमईले  वैदेशिक रोजगारमा रहेका श्रमिक तथा विदेशमा स्वरोजगारमा रहेका सेवाग्राहीलाई औपचारिक माध्यमबाट रकम पठाउन उत्प्रेरकको रूपमा यो अफर ल्याएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७