जानकी मन्दिरमा बेलायती राजदूतको वैवाहिक वर्षगाँठ


२०८१ पौष १३ शनिबार ०४:०९ बजे

जनकपुर । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नी जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ जनकपुरको जानकी मन्दिरमा मनाएका छन् । आज (शनिबार) बिहान जानकी मन्दिर परिसरमा मनाइएको राजदूत दम्पतीको वैवाहिक वर्षगाँठमा स्वस्तिक वाचन समेत गरिएको थियो ।

राजदूत फेन दम्पतीले नेपाली पोसाक लगाएका थिए । वैवाहिक वर्षगाँठमा जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास, मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साहलगायतको सहभागिता थियो । राजदूत फेन दम्पतीले जानकी मन्दिर माया, आस्था र विश्वासको प्रतिक रहेकाले आफूहरुले वैवाहिक वर्षगाँठ यही मनाएको बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७