द्रुतमार्गको प्रस्थानविन्दु  छिट्टै कायम गरिन्छ : मन्त्री दाहाल 


२०८१ पौष १३ शनिबार ०३:२५ बजे

काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणमा देखिएका समस्या लम्बिन नदिने दावी गरेका छन् । मन्त्री दाहालले आज (शनिबार) द्रुतमार्गको सुरुविन्दु खोकनादेखि बुङमती हुँदै फसिडोलसम्मको निरीक्षण गर्दै देखिएका समस्या र चुनौती समाधान तर्फ लाग्ने बताए ।

‘यो फास्ट ट्रयाक तराई र काठमाडौँ जोड्ने लाइफलाइन हो,’ निरीक्षणका क्रममा मन्त्री दाहालले भने, ‘यसको प्रस्थानविन्दु कायम गर्ने विषयमा केही चुनौती देखिएका छन् तर यी विषयलाई लम्बिन दिनु हुँदैन, सबै निकायबाट समाधानको विकल्प खोजी गर्नुपर्छ ।’ सडक निर्माण एवं विस्तार गर्दा कसैको पनि आस्थामाथि प्रहार गर्न नहुनेमा सरकार सजग रहेको भन्दै मन्त्री दाहालले धार्मिक, सांस्कृतिक तथा परम्परागत मान्यता र अस्थाहरूको संरक्षण गर्दै निकास निकाल्नु पर्नेमा जोड दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७