श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिंघे आज काठमाडौँ आइपुग्दै


२०८१ पौष १३ शनिबार ०३:२६ बजे

काठमाडौं । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे आज (शनिबार) नेपाल आउँदै छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार उनी निजी भ्रमणका लागि नेपाल आउन लागेका हुन् । पूर्व राष्ट्रपति विक्रमासिंघे दिउँसो १ः५५ बजेतिर काठमाडौँ आइपुग्ने तालिका रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जानकारी दियो । श्रीमतीसहित नेपाल आउन लागेका उनलाई होक्के होटलमा बस्ने प्रबन्ध मिलाइएको छ ।

आगामी बुधबार फर्कने उनको लुम्बिनी बाहेक अन्यत्रको भ्रमणबारे हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन । श्रीलंकाका नवौं राष्ट्रपति रनिल र चौधरी व्यावसायिक साझेदार भएकाले उनको निम्तो मान्न यता आउन लागेको स्रोतले जानकारी दिएको छ । श्रीलंकाली पूर्वराष्ट्रपति विक्रमासिंघेको शिष्टाचार र सुरक्षाको प्रबन्ध परपराष्ट्र मन्त्रालयले गर्ने जनाइएको छ । पूर्व राष्ट्रपति विक्रमासिंघे नेपाल भ्रमणका क्रममा लुम्बिनी समेत जाने कार्यक्रम छ । भ्रमण सम्पन्न गरी उनी पुस १७ गते स्वदेश फर्कने छन् ।

६ पटक श्रीलंकाको प्रधानमन्त्री भइसकेका उनी २०२२ को विद्रोहका क्रममा तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षे भागेपछि बाँकी कार्यकालका लागि राष्ट्रपति भएका थिए ।  संसद्ले उनलाई त्यतिबेला राष्ट्रपति बनाए पनि चुनाव जितेर राष्ट्रपति बन्ने उनको धोको भने पूरा हुन सकेन । उनी १९९९, २००५ र २०२४ मा राष्ट्रपति पदमा उम्मेदवार बनेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७