रास्वपाले बोलायो केन्द्रिय समितिको विस्तारित वैठक

केन्द्रीय संगठन विभागमा तीन जना, अनुशासन आयोगमा दुई जना मनोनीत


२०८१ पौष १२ शुक्रबार १२:२८ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय संगठन विभाग र अनुशासन आयोगमा सदस्यहरू मनोनीत गर्ने निर्णय गरेको छ ।  आज (शुक्रबार) बसेको बैठकले केन्द्रीय संगठन विभागमा तीन जनालाई थप गर्ने निर्णय गरेको हो । जसमा लमजुङका धर्म केसी., रूपन्देहीका गोपाल घिमिरे र सिराहका विमल तिवारी छन् । 

यस्तै, बैठकले केन्द्रीय अनुशासन आयोगमा नवलपरासीका अधिवक्ता कमलप्रसाद पोखरेल र ताप्लेजुङका अधिवक्ता हरिचन्द्र भट्टराईलाई नियुक्त गरेको छ । यस्तै पार्टीको केन्द्रीय समितिको विस्तारित बैठक पुस १९, २० र २१ गते गर्ने पनि निर्णय गरेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७