दुर्गा प्रसाईको रिहाईविरूद्व सरकार पुनरावलोकनमा जाने


२०८१ पौष १२ शुक्रबार ०६:०३ बजे

काठमाडौं । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिहाईविरूद्व सरकार पुनरावलोकनमा जाने भएको छ । गत पुस ५ गते प्रसाई पक्षबाट दायर बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न आदेश दिएका थिए ।

आदेश लगत्तै उनी छुटेका हुन् । अदालतको उक्त आदेशविरूद्व सरकार पुनरावलोकनमा जाने भएको हो । सर्वोच्चको पत्र प्राप्त हुनासाथ पुनरावलोनका लागि निवेदन दिने महान्यायाधीवक्ताको कार्यालयले बताएको छ । आदेशविरुद्ध पुनरावलोकनको निवेदन दर्ता गर्न लागिएको महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता (सहन्यायाधिवक्ता) सूर्यराज दाहालले जानकारी दिए ।

उनले भने, ‘सर्वोच्चबाट पत्र आएको छैन, पत्र प्राप्त भएपछि पुनरावलोकनमा जान्छौँ ।’ साइबर अपराधको कसुरमा ४० हजार धरौटीमा रिहा भएलगत्तै उनी अदालत परिसरबाटै आपराधिक लाभ सम्बन्धी कसुरमा पक्राउ परेका थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७