दाङमा अटो दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते


२०८१ पौष १० बुधबार ०७:२७ बजे

दाङ । दाङमा अटो दुर्घटना हुँदा बुधबार दिउँसो एक जनाको मृत्यु भएको छ । राजपुरबाट कोइलाबासतर्फ जाँदै गरेको रा १ ह ५९०४ नम्बरको अटो रिक्सा गढवा–कोइलाबास सडक खण्डअन्तर्गत गढवा गाउँपालिका–५, कक्रहवामा पल्टिँदा त्यसमा सवार राजपुर गाउँपालिका–३, भैसहवाका ५० वर्षीय तुलाराम बिकको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बिकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी ईश्वर थापाले बताए । घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई अटो पल्टिएको उनले जानकारी दिए ।

दुर्घटनामा भैसहवाकै ४० वर्षीया बसन्ती बिक र ३६ वर्षीय प्रेमचन्द्र यादव घाइते भएका छन् । बिकको लमही अस्पताल र यादवको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । अटो चालक भैसहवाका ४० वर्षीय मदन बिकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको डीएसपी थापाले बताए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७