भैंसेपाटी ‘हनी ट्रयाप’ प्रकरण

निलम्बित इन्सपेक्टर शाहीलाई धरौटीमा रिहा गर्न आदेश


२०८१ पौष ८ सोमबार २३:१६ बजे

काठमाडौं । ‘हनी ट्रयाप’ गिरोहसँग मिलेर पैसा असुलेको अभियोग लागेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले धरौटी माग गरेको छ । जिल्ला अदालत ललितपुरले उनलाई पाँच लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो ।

शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन् । आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो । भैंसेपाटी प्रभागको प्रमुख हुँदा उनले आपराधिक समूहसँग मिलेर एक व्यापारीलाई थुनामा राखी ३० लाख असुलिएको अभियोग छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७