सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चढेको गाडी भारतमा दुर्घटना


२०८१ पौष ७ आइतबार १५:२२ बजे
राज्यमन्त्री प्रकाश बम

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम चढेका गाडी भारतमा दुर्घटनामा परेको छ । बम चढेको प्रदेश ३–०१–०२४ च नम्बरको कार भारतीय नम्बर प्लेटको कारसँग ठोक्किएको थियो ।

भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बमसहित उनकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कारमा बमसहित तीन जना सवार थिए । प्रहरीका अनुसार राज्यमन्त्री बमको मुख र नाकमा चोट छ ।

श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट रहेको छ । तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । भारतको खिरी जिल्लास्थित पलिया बजारमा उपचार गरेर फर्किने क्रममा दुर्घटना भएको बुझिएको छ । तीनै जनाको अवस्था सामान्य रहेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७