एनपीएल फाइनल : सुदूरपश्चिमले जनकपुरलाई दियो १८५ रनको चुनौती


२०८१ पौष ६ शनिबार २१:५५ बजे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा सुदूरपश्चिम रोयल्स नौ विकेटको क्षतिमा १८४ रनमा रोकिएको छ । योसँगै जनकपुर बोल्ट्सले एनपिएलको उपाधि जित्न १८५ रनको चुनौतीपूर्ण लक्ष्य प्राप्त गरेको छ ।  

सुरुवातमा निकै आक्रामक र सुदृढ प्रदर्शन गरेको सुदूरपश्चिम रोयल्स २०० रनभन्दा माथि पुग्नसक्ने देखिएको थियो । तर अन्तिम ओभरतिर जनकपुर बोल्ट्सका बलरले ‘कमब्याक’ गर्दै कठिन स्कोर बनाउनबाट सुदूरपश्चिमलाई रोकेका छन्।यद्यपी जनकपुरलाई १८५ रनको लक्ष्य पनि निकै चुनौतीपूर्ण हुनेछ ।  

टस जितेर पहिले ब्याटिङ रोजेको सुदूरपश्चिमका लागि ओपनरद्वय विनोद भण्डारी र सैफ जैबले ११७ रनको शतकीय साझेदारी गर्दै सुदृढ सुरुवात दिएका थिए । जसमा जैबले ४३ बलमा ६९ रन बनाए । जसमा ८ चौका र २ छक्का सामेल छन् । यस्तै विनोदले ३१ बलमा ४१ रनको योगदान दिने क्रममा तीन छक्का र एक चौका प्रहार गरे ।  

उनीहरू आउट भएपछि भने कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । धमाधम आउट हुँदै गए । सुरुमा चुकेका जनकपुरका बलरले स्लग ओभरमा खेलमा फर्कने क्रममा किशोर महतो र मोहम्मद मोहसिनले ३-३ विकेट लिए । यस्तै जिम्मी निसम र ललित राजवंशीले एक-एक विकेट लिए ।  

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७