काठमाडौंको तापक्रम २ डिग्री सेल्सियसमा झर्‍यो


२०८१ मङ्सिर २९ शनिबार १५:४५ बजे

काठमाडौं । काठमाडौंको न्युनतम तापक्रम २ डिग्री सेल्सियसमा झरेको छ । निरन्तर घटिरहेको तापक्रम आज (शनिबार) बिहान ९ बजे २ डिग्री सेल्सियसमा झरेको मौसम विज्ञान विभागले जनाएको छ । यो तापक्रम वर्षकै सबैभन्दा कम हो ।

यसअघि बिहान पौने छ बजे २.५ डिग्री सेल्सियस मापन भएको थियो । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो । विभागका अनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.२ डिग्री सेल्सियस छ । सबैभन्दा बढी न्यूनतम तापक्रम विराटनगरमा ९ डिग्री सेल्सियस छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७