घर–जग्गा व्यवसाय धराशायी हुन दिँदैनौं : अर्थमन्त्री पौडेल 


२०८१ मङ्सिर २८ शुक्रबार ०२:३३ बजे

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । आज (शुक्रबार) काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभा उद्घाटन पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताएका हुन् ।

‘सरकारले यो व्यवसायलाई धराशायी हुन दिँदैन । यो म दाबीका साथ भन्छु’, अर्थमन्त्री पौडेलले भने, ‘तपाईहरूले भनेको सय प्रतिशत माग पुरा नहोला । यो व्यवसायलाई अगाडि बढाउनेगरि सरकारले यहाँहरुको समस्यालाई सुन्छ । समस्या समाधान गर्छ र व्यवसायलाई प्रवर्द्धन गर्छ ।’

सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनले बताए । अर्थमन्त्री घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे । जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै उनले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे । उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने जानकारी दिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७