रविमाथि भइरहेको अनुसन्धानलाई प्रभावित गर्ने गरी प्रचण्डले बोल्नु दुर्भाग्यपूर्ण : गृहमन्त्री


२०८१ मङ्सिर २५ मंगलबार १६:०९ बजे

सुर्खेत । गृहमन्त्री रमेश लेखकले सहकारी प्रकरणमा रवि लामिछानेमाथिको अनुसन्धानलाई प्रभावित गर्ने काम भइरहेको बताएका  छन् ।  आज (मंगलबार) सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकले सहकारी प्रकरणमा अनुसन्धान हुँदै गर्दा प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय घेर्ने काम भएको र अनुसन्धानलाई प्रभावित पार्न खोजिएको टिप्पणी गरेका हुन् । 

उनले सबैको मानवअधिकारको विषयमा सरकार गम्भीर रहेको भन्दै लामिछानेमाथि न्यायपूर्ण ढंगले अनुसन्धान भइरहेको उल्लेख गरे । न्यायिक प्रभावित गर्ने ढंगले कसैले बोलेको गलत भएको अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेताले यस्ता कुरामा बोल्नु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रास्वपा सभापति लामिछानेमाथि सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको अभिव्यक्ति दिएका छन् । प्रचण्डले लामिछानेमाथि गरेको प्रहरीको ज्यादति रोकिनुपर्ने बताएका  छन् ।

लामिछानेले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोप लगाउँदै मानवअधिकार आयोगलाई गुहारेका छन् । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा चितवन पुर्‍याइएका लामिछानेले प्रहरीले आफूमाथि ज्यादति गरेको आरोप लगाएका छन् । उनले कुनै पनि कुरालाई अतिरञ्जनपूर्ण ढंगले प्रस्तुत गर्ने र भीड जम्मा गरेर अनुसन्धान प्रभावित गर्ने काम बेठिक भएको धारणा राखे । गृहमन्त्री लेखकले एमाले–कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको र सहमति अनुसार नै वर्तमान सरकार अघि बढिरहेको बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७