बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइयो : प्रधानमन्त्री ओली

‘इमानदारी थोपरेर होइन, आफूभित्रबाट आउनु पर्छ’


१७:५९ बजे

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बदनाम गर्न कम्बोडियामा पैसा राखेको भ्रम फैलाइएको बताएका छन् । गृह जिल्ला झापाको बिर्तामोडमा एमालेले सोमबार आयोजना गरेको कार्यक्रममा ओलीले आफूविरुद्ध भ्रम फैलाइएको बताएका हुन् ।

विगत चार–पाँच वर्षदेखि आफूविरुद्ध कम्बोडियामा पैसा राखेको भनेर भ्रम फैलाउन थालिएको उनले बताए। नक्कली कागजात बनाएर आफूविरुद्ध भ्रम फैलाइएको पनि उनको भनाइ थियो । ‘४–५ वर्ष अगाडिदेखि कम्बोडियामा केपी ओलीको ३२.५ अर्ब रुपैयाँ छ भनेर हल्ला चलेको छ । अहिले त्यो एउटा नक्कली चिर्कटो पनि निकाले छन् । त्यो नक्कली चिर्कटो १ करोड ११ लाख तिरेर बल्ल पाएको भनेर कराउनेहरू पनि छन् ।’ 

उनले भने, ‘यस्ता खालका मानिसहरू पनि छन् । कहाँको बैंकमा कति लाख डलर, कति मिलियन डलर केपी ओलीको बैंक खातामा छ भनेर हल्ला गर्नेहरू पनि देखिन्छन् ।’ ओलीले भने, ‘तिनीहरूलाई समातेर कहाँ छ ल पुष्टि गर त ? बैंकलाई भन्यो भने होइन, मैले केपी ओलीलाई बद्नाम गर्न पो भनेको हो, हावा कुरा हो त्यो भन्छन् । हामी सच्चाइमा अडिग छौँ । इमानदारी थोपरेर होइन, आफूभित्रबाट आउनु पर्छ । भित्रबाट इमानदार आचरण गर्नुपर्छ । भित्रबाट इमानदार अभ्यास गर्नुपर्छ ।’ अनैतिक ढंगले एउटा व्यक्तिलाई कुर्सीमा बसाइ दिएर जनता फेरि रैति हुन नसक्ने पनि ओलीले बताएका छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७