‘संसद अधिवेशनको लागि सांसदहरु नै तयार देखिनु हुन्न’


०८:३२ बजे
फाइल फोटो

काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारले आफ्नो आवश्यकता हेरेर मात्रै कानूनमाथि छलफल गर्ने परिपाटी अन्त्य गर्न आवश्यक रहेको बताएका छन् । आज (मंगलबार) ललितपुरमा आयोजित समितिका सभापतिहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसदको मूलभूत भूमिका कानून निर्माण भए पनि वर्तमान संसदले यो कार्य प्रभावकारी रूपमा गर्न नसकेको स्वीकारे ।

सभामुख घिमिरेले संसदमा कानून ल्याउने प्रक्रिया सरकारले आफ्नो आवश्यकता, अध्ययन, र बुझाइका आधारमा मात्रै अघि बढाउने गरेको उल्लेख गर्दै यसलाई सुधार गर्नुपर्नेमा जोड दिए । ‘संसद कानून बनाउने थलो हो, तर हामी कानून बनाउन ढिला गर्दैछौं,’ उनले भने ।

उनले कानून निर्माण प्रक्रियामा सांसदहरूको सहभागिता सुनिश्चित गर्न सरकारले व्यवस्थापन गर्नुपर्ने आवश्यकता औंल्याए । ‘कानून आयोगले कानूनी अध्ययन, संशोधन, र नयाँ कानून निर्माण गर्ने जिम्मेवारी पाएको छ, तर त्यसका लागि बजेटको अभाव रहेको गुनासो छ,’ उनले भने ।

सभामुख घिमिरेले आगामी संसद अधिवेशनको मिति निर्धारण सांसदहरूको भूमिकामा निर्भर हुने बताएका छन् । हाल सांसदहरू नै अधिवेशनका लागि पर्याप्त तयारीमा नरहेको उनको टिप्पणी थियो । उनले समितिहरूले संसदमा प्रस्तुत विधेयकलाई फुल हाउसमा लैजाने तयारी गर्नुपर्ने र संसद अधिवेशन छिटो बोलाउन दबाब दिनुपर्नेमा जोड दिए ।

‘सरकारले संसद अधिवेशन बोलाउने हो, तर यसको सफलताका लागि सांसदहरूले पनि आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ सभामुखले थपे । संसद र सांसदहरूको गरिमा उच्च राख्नुपर्नेमा जोड दिँदै उनले सांसदहरूले आफ्नो जिम्मेवारी गम्भीरताका साथ निर्वाह गर्न आग्रह गरे । ‘सांसदहरूले सरकारलाई आफ्नो उचाइबाट हेर्न सक्नुपर्छ र संसदलाई कम आँक्न हुँदैन,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७