मेलम्चीको पानी सहजरुपमा वितरण गर्न मन्त्री यादवद्वारा निर्देशन


२०८१ मङ्सिर ६ बिहीबार ०१:१४ बजे

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको खानेपानी काठमाडौँ  उपत्यकावासीका घरमा पुगे नपुगेका विषयमा प्रत्येक दिन स्थलगत अनुगमन तथा निरीक्षण गर्न निर्देशन दिएका छन् ।

मेलम्चीको पानी वितरण भइरहेका कतिपय ठाउँका पाइपलाइन धमाधम फुट्न थालेका कारण पानी सहज रुपमा वितरण हुन नसकेको जानकारी आएपछि मन्त्री यादवले पानी नजानुका कारण र उपत्यकावासीका धारामा पानी पुगे नपुगेकाबारे स्थलगत निरीक्षण गर्न आज मातहतका सम्पूर्ण निकायलाई निर्देशन दिएका हुन् । निर्देशनकै क्रममा मन्त्री यादवले भने, ‘प्रत्येक वडाहरुमा गएर मेलम्चीको शुद्ध खानेपानी आए नआएका बारे बुझ्नुस्, कहाँ समस्या भइरहेको छ, त्यो विषयमा स्थलगत अनुगमन गरेर समस्याको समाधान गरी पानी वितरण गर्नुहोला ।’

मन्त्री यादवले जहाँ पाइप फुटेको छ त्यहीँ ठाउँमा मर्मत गर्न र सोही स्थानबाट तत्काल पानी सञ्चालनका लागि निर्देशन दिएका छन् । उनले भने, ‘खानेपानीका विषयमा कहाँ समस्या भइरहेका छन्, सो ठाउँमा तत्काल प्राविधिकसहितको टोली खटाएर पानी सञ्चालन गर्न म निर्देशन दिन्छु ।’

मेलम्ची खानेपानीका पाइप फुटेका ठाउँमा नयाँ पाइप तत्काल जडान गरी पानी वितरण मन्त्री यादवले निर्देशन दिए । नागरिकका लागि पानी नभई नहुने तथा अतिआवश्यक पर्ने चिज भएकाले सकभर दैनिक, नभएका खण्डमा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी दिर्नेशक अशोक पौडेलले बताए । उनले भने, ‘मेलम्चीको पानी सकिन्छ भने प्रत्येक दिन वितरण गर्न र नसकिने भए एक दिन बिराएर बितरण गर्न मन्त्रीले निर्देशन दिनुभएको छ, अब कसरी सहज हुन्छ सोही हिसाबले हामी पानी वितरण गर्छौं ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७