‘मिटर व्याज’ असुलेको भन्दै नेकपा बहुमतका कार्यकर्ताले काटे व्यवसायी दम्पतीको नाक


२०८१ मङ्सिर ६ बिहीबार २३:३८ बजे

दाङ । नेकपा (बहुमत) का कार्यकर्ताहरुले आज (बिहीबार) मिटरब्याज असुलेको आरोपमा एक व्यवसायी दम्पतीको नाक काटिदिएका छन् । दाङको घोराही उपमहानगरपालिका–१५ बीपी चोक निवासी धर्मबहादुर बस्नेत र उनकी श्रीमती माधवा बस्नेतको नाकमा धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

बीपीचोकस्थित एक जना ऋणीसँग पैसा मागेर फर्कँदै गरेका दम्पत्तीलाई सडकमै रोकेर आक्रमण गरेका थिए ।नेकपा (बहुमत) का जिल्ला सेक्रेटरी अमरले विज्ञप्ति जारी गरी घटनाको जिम्मा लिएका छन् । बस्नेत दम्पतीले सर्वसाधारणसँग मिटरब्याजका नाममा ठगी गरेको, नक्कली तमसुक बनाएर मुद्दा दिने गरेको र पीडितहरुलाई अत्याचारगरेकाले कारबाही गरेको विज्ञप्तिमा उल्लेख छ ।

ती दम्पतीलाई प्रहरीले गत साउनमा मिटरब्याजका नाममा ठगी गरेको आरोपमा पक्राउ गरेको थियो । २४ दिन हिरासतमा राखी मुद्दा दर्ता गरेकोमा अदालतबाट धरौटीमा छुटेको जिल्ला प्रहरी प्रमुख एसपी अर्जुनप्रसाद तिमिल्सिनाले बताए । आक्रमणबाट दम्पतीको नाकमा गम्भिर चोट लागेको र उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको उनले बताए । शंकास्पद चार जनालाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको उनले बताए। 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७