सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज (बिहीबार) बस्ने भएको छ । अपराह्न ४ बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायत विषयमा केही महत्वपूर्ण छलफल तथा निर्णयहरू हुने बताइएको छ ।
बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआइ) का विषयमा सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मतभेद छ । यहि विषयमा साझा धारणा बनाउनका लागि प्रधानमन्त्री ओलीले छलफल गर्न लागेको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीले मंसिर १७ देखि चीन भ्रमणको तयारी गरिरहेको भए पनि परराष्ट्र मन्त्रालयबाट भ्रमणको तालिका सार्वजनिक भइसकेको छैन ।