राष्ट्रपतिद्वारा पूर्व सभामुख ढुङ्गानाको निवासमै गएर परिवारप्रति समवेदना


२०८१ मङ्सिर ६ बिहीबार १५:२६ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व सभामुख एवं संविधानविद् दमननाथ ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनका शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।

राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले स्वर्गीय ढुङ्गानाको निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली  व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेका हुन् । पूर्व सभामुख ढुङ्गानाको उपचारका क्रममा ८३ वर्षको उमेरमा गत आइतबार निधन भएको हो । उनी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७