६ दिनदेखि वेपत्ता व्यवसायी पौडेल मृत भेटिए, करेन्ट लागेकी बालिकाको मृत्यु


२०८१ मङ्सिर ३ सोमबार १४:३० बजे

ताप्लेजुङ । गत कात्तिक २८ गतेदेखि वेपत्ता ताप्लेजुङको सिरिजंघा गाउँपालिका–२ खाम्दिने बजारका ब्यवसायी गौरीमान पौडेल मृत अवस्थामा भेटिएका छन् । उनको शव आज (सोमबार) भेटिएको हो । खाम्दिने बजारका औषधि ब्यवसायी उमेश अधिकारीले पौडेलको शव सिरिजंघा गाउँपालिका–१ ओइराङ्गे दोभानमा  फेला परेको जानकारी दिए ।

उनी वेपत्ता भएयता खोजी कार्य जारी थियो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख (डिएसपी) रवि रावलले गौरीमानको शव भेटिएको पुष्टी गरे । उनका अनुसार प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालित भएको छ । पौडेलको शव प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

यता ताप्लेजुङ्गको मौवाखोलामा करेन्ट लागेर गम्भीर घाइते भएकी  ७ बर्षीय बालिकाको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । बिद्युत प्रवाह भइरहेको तार पोलबाट खसेर लाग्दा गम्भिर घाइते मैवाखोला गाउँपालिका वडा नं ३ की ७ बर्षीया मंसिरी शेर्पाको मृत्यु भएको हो । साङ्गे शेर्पाकी ७ बर्षीया छोरी मंसिरी स्थानीय सरस्वती आधारभूत बिद्यालय तुम्बेमा अध्ययनरत थिइन् । विद्यालयबाट हिजो साँझ घर फर्कदै गर्दा पोलबाट झरेको बिद्युतीय तारले उनलाई छोएको थियो ।  

 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७