दलहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनु पर्छ : अध्यक्ष डा. राउत


२०८१ कार्तिक ३० शुक्रबार २१:१८ बजे
फाइल फोटो

झापा । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राजनीतिक शक्तिहरू केन्द्रीकृत मानसिकताबाट बाहिर आउनुपर्ने बताएका छन् । उनले प्रमुख दलहरूमा अहिले पनि पुरानै र केन्द्रीकृत सोच हाबी रहेको आरोप लगाए ।

यही मंसिर १६ गते हुने उपनिर्वाचनमा झापाको कनकाई नगरपालिका–६ मा जनमत पार्टीका तर्फबाट उम्मेदवार घोषणा गर्न आज कनकाईको चम्पापुरमा आयोजित सभामा मुलुकमा पटक–पटक क्रान्तिमार्फत सत्ता फेरिए पनि मानसिकता फेरिन नसकेको बताए । अध्यक्ष डा. राउतले उत्पीडित समुदाय र आमनागरिकले अनुभूत गर्ने गरी काम गर्न जरूरी रहेकामा जोड दिए । 

सो पार्टीका तर्फबाट कनकाई नगरपालिका–६ मा शुकलाल राजवंशीलाई उम्मेदवार घोषणा गरिएको छ । झापामा जनमत पार्टीले स्थानीय तहको निर्वाचनमा पहिलोपल्ट भाग लिएको हो । निर्वाचन कार्यालय झापाका अनुसार कनकाई–६ मा दुई हजार ५८ मतदाता रहेका छन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट निर्वाचित वडाध्यक्ष दीर्घबहादुर थापाको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७