उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना


२०८१ कार्तिक ३० शुक्रबार २१:२० बजे

काठमाडौं । आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि शुक्रबार निर्वाचन अधिकृत कार्यालय स्थापना गरिएको छ । उपनिर्वाचनका लागि ३२ मुख्य निर्वाचन अधिकृत र ६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा कुल ३६ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिइन् । मंसिर २ देखि ५ गतेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुने उनले बताइन् ।

उपनिर्वाचनका लागि मंसिर २ गते उमेदवारको मनोनयन दर्ता गर्ने, मंसिर ५ गते अन्तिम नामावली प्रकाशन गर्ने र उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम छ । मंसिर १६ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७