लाइन काटिएका उद्योगहरूमा भोलि बिजुली जोड्ने मन्त्रिपरिषदको निर्णय

‘टीओडी’ का आधारमा बक्यौता उठाउने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने


२०८१ कार्तिक २५ आइतबार ०९:३८ बजे

काठमाडौं । पैसा नतिरेर लाइन काटिएका उद्योगहरूमा भोलि (सोमबार) १२ बजेभित्रमा बिजुली जोड्ने मन्त्रिपरिषदले निर्णय गरेको छ । 

आज (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले भोलि १२ बजेभित्रमा लाइन काटिएका उद्योगहरूमा बिजुली जोड्ने निर्णय गरेको हो । सरकारले दुई दर्जन बढी उद्योगमा पैसा नतिरेको भन्दै बिजुलीको लाइन काटेको थियो । यस्तै मन्त्रिपरिषदले लाल आयोगले तयार गरेको प्रतिवेदन समेत सार्वजनिक गर्ने निर्णय गरेको एक मन्त्रीले बताएका छन् ।

बैठकले उद्योगीको काटिएको लाइन सोमबार १२ बजेभित्रमा जडान गर्ने निर्णय गरेको छ भने १५ दिनमा टिओडी मिटरको बिल बमोजिम उद्योगीसँग बक्यौता रकम असुल गर्ने निर्णय पनि गरेको छ ।

नेपाल विद्युत प्राधिकरण र उद्योगी–व्यवसायीबीच लामो समयदेखि विवादमा रहेको ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ सम्बन्धी विवाद समाधान गर्न सरकारले पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग गठन गरेर प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदन सार्वजनिक गरेर उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयलाई कार्यन्व्यनका लागि पठाउने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए । 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७