पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई काठमाडौं पठाइयो


२०८१ कार्तिक २५ आइतबार ०८:५१ बजे

मोरङ । मानव तस्करीका आरोपित एमाले कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारीलाई पक्राउ गरी काठमाडौं पठाइएको छ । अधिकारीलाई विराटनगरस्थित उनकै घरबाट पक्राउ गरी प्रहरीले काठमाडौं ल्याउन लागेको हो । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

दिउँसो २ बजेसम्म उनलाई यति एयरलाइन्सको जहाजबाट काठमाडौं ल्याइने तयारी छ । अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ । अधिकारी कोशी मन्त्रिपरिषद् र संघीय सरकारसँग अनुमति नै नलिई जापान उडेका थिए ।

त्यहाँको अध्यागमनले मन्त्री अधिकारीसहित उनीसँगै गएका खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई डिपोर्ट गरेपछि यो प्रकरणको सार्वजनिक भएको थियो । डिपोर्ट भएपछि उनले नैतिकताका आधारमा भन्दै पदबाट राजीनामा दिएका थिए ।

जापानले डिपोर्ट गरेका तीन जना अहिले प्रहरी हिरासतमा छन् । उनीहरुको बयानका आधारमा प्रहरीले जुगल रिजाल, वीरबहादुर सुनुवार र महेश पाण्डे पनि सोही अभियोगमा पक्राउ परेका छन् । पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझेको प्रहरीलाई बताएका छन्।

डिपोर्ट दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्र समेत बरामद गरेको थियो । जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ । अधिकारीमाथि गम्भीर आरोप लागेपछि एमालेको कोशी प्रदेश कमिटीले शनिबार मात्रै अधिकारीलाई पार्टीको कुनै पनि जिम्मेवारीमा नरहने गरी कारबाही गरेको थियो ।

शनिबार नै बसेको एमाले सचिवालय बैठकले पनि अधिकारीलाई कारबाही गर्ने कोशी प्रदेश कमिटीको निर्णयलाई अनुमोदन गरेको थियो । एमालेले उक्त आरोपमाथि अनुसन्धानका लागि सरकारलाई सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिसकेको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७