अमेरिकाको सात वटै ‘स्विङ्ग’ राज्यमा ट्रम्पको ‘क्लिन स्वीप’


२०८१ कार्तिक २५ आइतबार ०८:१९ बजे

काठमाडौं । अमेरिकाको रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपति पदमा निर्वाचन लडेका डोनाल्ड ट्रम्पले सात वटै स्विङ्ग राज्यमा जित हात पारेका छन् । यसअघि ६ स्विङ्ग राज्यमा जित हात पारिसकेका ट्रम्पले एरिजोनामा पनि जित हासिल गरेका छन् । जितसँगै ट्रम्पले कुल ३१२ इलेक्टोरल कलेज मत प्राप्त गरेका छन् । त्यस्तै डेमोक्रेट उम्मेदवार कमला ह्यारिसले २२६ इलेक्टोरल कलेज मत हासिल गरेकी छिन् ।

बीबीसीका अनुसार अमेरिकाको दक्षिण–पश्चिममा स्थित एरिजोनामा चार दिनसम्म मतगणना भएको थियो । जसको अन्तिम नतिजा आज बिहान सार्वजनिक गरिएको हो । ५ नोभेम्बरमा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पले जित हात पार्दै दोस्रो पटक अमेरिकाको राष्ट्रपति बन्न लागेका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७