सुर्खेत दुर्घटना अपडेट : यी हुन् चार मृत्तक र ३० घाइते (नामसहित)


१२:५५ बजे

सुर्खेत । दैलेखबाट सुर्खेत आउँदै गरेको फोर्स गाडी वीरेन्द्रनगर नगरपालिका–१४, रातानाङ्ग्ला नजिकै भएको दुर्घटनामा परी मृत्यु भएका चार जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख एसपी रूपेश खड्काका अनुसार दैलेखको भैरबी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश केसी, वडा नं. २ का ३६ वर्षीय कर्णबहादुर विष्ट, वडा नं. १ की १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्टको ज्यान गएको हो ।

शुक्रबार दिउँसो देउती नागरिकको कर्णाली प्रदेश ०२००१ ख ०९९८ नम्बरको फोर्स गाडी सुर्खेत–दैलेख सीमास्थित रातानाङ्ग्ला नजिकै सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको थियो । दुर्घटनामा परी ३० जना घाइते भएका छन् । उनीहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी प्रमुख खड्काले बताए । घाइते सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

यी हुन् घाइतेहरू
१) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २८ को चन्द्र मल्ल हात खुट्टामा चोट अवस्था मध्यम ।
२) जि.दैलेख भैरबी गा.पा.३ बस्ने वर्ष २८ की जगत कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
३) निजको छोरा वर्ष अ.२ को स्माईल आचार्य हात खुट्टामा चोट अवस्था सामान्य ।
४) निजको छोरी वर्ष ६ की स्मारिका आचार्य हात खुट्टामा चोट अवस्था सामान्य ।
५) ऐ.ऐ.बस्ने वर्ष १२ को राजन थापा हात खुट्टामा चोट अवस्था मध्यम ।
६) ऐ.ऐ.बस्ने वर्ष २१ को प्रकाश बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
७) जि.दैलेख दुल्लु न.पा.१२ बस्ने वर्ष २६ की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
८) ऐ.बस्ने निजको छोरा वर्ष ७ को सन्दिप रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
९) दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष २२ की सम्झना भण्डारी टाउको र ढाडमा चोट अवस्था मध्यम १०) निजको छोरा १८ महिनाको युनिक बिष्ट हातमा चोट अवस्था सामान्य ।
११) ऐ.ऐ.बस्ने वर्ष १० की चन्द्रा रावत हात खुट्टामा चोट अवस्था मध्यम ।
१२) दैलेख दुल्लु न.पा.६ बस्ने वर्ष १९ की सुजता रावत हात खुट्टामा चोट अवस्था मध्यम।
१३) ऐ.ऐ.बस्ने वर्ष ९ की बिहानी के.सि.टाउकोमा चोट अवस्था गम्भीर ।
१४) नाम थर वतन नखुलेको १५ महिनाको बालिका हातमा चोट अवस्था सामान्य । 
१५) जि.सुर्खेत वीरेन्द्रनगर न.पा.८ बस्ने बर्ष ३४ की कृष्णा थापा हात खुट्टा र टाउकोमा चोट अवस्था मध्यम ।
१६) निजको छोरा वर्ष ४ को राजन थापा हात खुट्टामा चोट अवस्था सामान्य ।
१७) निजको छोरी वर्ष ११ की अबिक्षा थापा हात खुट्टामा चोट अवस्था सामान्य ।
१८) जि.दैलेख भैरबी गा.पा.१ बस्ने वर्ष १८ की तुल्सी थापा हातमा टाउकोमा चोट अवस्था गम्भीर ।
१९) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्र्ष २३ की लाल कुमारी बिष्ट हात खुट्टामा चोट अवस्था मध्यम ।
२०) ऐ.ऐ.बस्ने वर्ष २२ की पुष्पा खड्का हात खुट्टामा चोट अवस्था मध्यम ।
२१) जि.दैलेख नारायण न.पा.४ बस्ने वर्ष २५ को बालाराम रेग्मी टाउकोमा चोट अवस्था मध्यम ।
२२) जि.दैलेख महाबु गा.पा.३ बस्ने वर्ष २५ को सोबण शाही हात खुट्टामा चोट अवस्था मध्यम ।
२३) जि.दैलेख भैरबी गा.पा.२ बस्ने वर्ष १७ को घनश्याम बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२४) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष २० को प्रकाश बुढा हात खुट्टामा चोट अवस्था सामान्य ।
२५) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष ३१ की रमा बिष्ट हातमा चोट अवस्था सामान्य ।
२६) ऐ.ऐ.३ बस्ने वर्ष २० की कमला बिष्ट टाउकोमा चोट अवस्था मध्यम ।
२७) ऐ.महाबु गा.पा.३ बस्ने वर्ष १६ को हरी रावल हातमा चोट अवस्था सामान्य ।
२८) ऐ.भैरबी गा.पा.१ बस्ने वर्ष २७ की सुजता खत्री छाती र हात खुट्टामा चोट अवस्था मध्यम ।
२९) जि.सुर्खेत बिरेन्द्रनगर न.पा.३ बस्ने वर्ष २१ को सौगात मल्ल टाउकोमा चोट अवस्था मध्यम ।
३०) जि.दैलेख भैरबी गा.पा.५ बस्ने वर्ष ३० को कमल नेपाली टाउकोमा चोट अवस्था गम्भीर ।

यी हुन् चार मृतक
१) नामथर वतन नखुलेको अ.वर्ष ३२-३३ को पुरुष ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
२) नामथर वतन नखुलेको अ.वर्ष १७-१८ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा गरेको ।
३) नामथर वतन नखुलेको अ.वर्ष २२-२३ की महिला ब्यक्ति डाक्टरले चेक जाँच गरी मृत्यु घोषणा ।
४) वतन नखुलेको वर्ष अ.३८-४० को सुरेश के.सी.को उपचारको क्रममा मृत्यु भएको ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७