मितेरी सहकारी प्रकरण : ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी


१३:२० बजे

काठमाडौं । मितेरी सहकारीको रकम अपचलन प्रकरणको अनुसन्धान गर्न प्रहरीले सहकारीका व्यवस्थापक ज्योति गुरूङ र ज्योतिबहादुर भण्डारीविरूद्ध रेड कर्नर नोटिस जारी गरेको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी) ले इन्टरपोलमार्फत नोटिस जारी गरी पक्राउको प्रक्रिया अगाडि बढाएको हो । कानुनी रुपमा गुरुङ सत्तारुढ नेपाली कांग्रेस उपसभापति धनराज गुरुङकी पत्नी हुन् । सहकारी हिनामिना मुछिएपछि उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो ।

सहकारी रकम हिनामिनाबारे छानबिन गर्न गठित संसदीय समितिले मितेरी सहकारीको करोडौँ रुपैयाँ अपचलन भएको निष्कर्ष निकाल्दै धनराज र उनकी पूर्व पत्नीलाई समेत अनुसन्धानको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । मितेरी सहकारीको १४ करोड बढी रकम हिनामिना भएको छ । सम्बन्ध विच्छेदपछि पनि धनराजले श्रीमतीको नाममा लिएको ऋण तिरहेका तथ्य बाहिर आएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७